काठमाडौँ । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगको ऐन २०७६ को अनुसूची २ तथा ३ संशोधन गर्ने र प्रदेश सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयक २०७८ प्रदेशसभाको बैठकमा लैजाने निर्णय गरेको छ ।
Advertisement
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।