काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीति परिवर्तन गर्न आफूहरूले बलिदान नदिने बताएका छन् । बिहीबार पोखरामा आयोजना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट नै देशको राजनीति परिवर्तन हुने बताए ।
अध्यक्ष ओलीले परमादेशीहरूको पक्षमा लेख्दा सही हुने कुरा गलत भएको बताए । ‘यहाँ धरहरा, रानीपोखरीको निर्माणमा विरोध गर्ने आलोचनात्मक चेत भएका रे, यो कहाँबाट आएको हो ?’ उनले भने ।
‘हामीसँग सरकार थियो– झण्डै दुई तिहाईको, प्रचण्ड र माधव (माधव नेपाल)लाई दशा लाग्यो, आफ्नो सरकार ढालेर गएर हेर्नुहोस् त अहिले विचराहरू ढोकाबाहिर पर्खेर बसेको हुन्छन्,’ उनले भने, ‘भित्रबाट प्रसाद बाँढ्न आउछ कि भनेर आशा लिएर, कताका जंगेहरू कताका मुंगे भने जस्तै, बुद्धि बिग्रिएपछि त्यो हुन्छ ।’
जनतालाई भ्रम मुक्त बनाउन प्रेस चौतारीमा सहभागी सबै पत्रकारलाई उनले आग्रह गरे ।