काठमाडौं- युवावस्थामा प्रवेश गरेपछि मानिसको अनुहारमा डण्डिफोर आउँछ। यसले कतिपय युवायुवतीको अनुहारै कुरूप बनाइदिन्छ।
डण्डिफोर आउँदा खानेकुरा बार्नुपर्छ भन्ने छैन। तर, चिल्लो पदार्थ धेरै मात्रामा खाने र राति ढिलोसम्म बस्नाले यसलाई फैलन सहयोग पुग्छ। उमेरले आउने डण्डिफोर एकपटक आउँछ र पछि हराएर जान्छ।
आफैं हराएन भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ। डण्डिफोर हटाउने नाममा जथाभावी औषधि प्रयोग गर्ने, हातले चलाउने र जबर्जस्ती निचोर्ने गर्नु हुँदैन। यसले गर्दा बिग्रेर अनुहार कुरूप हुन सक्छ।
कारण
– युवावस्थामा हार्मोनको वृद्धि
– पेटको खराबी
– रगतको कमी
– छाला फोहोर हुनु
– विभिन्न प्रकारका क्रिम र मलमको प्रयोग
– भिटामिन ‘ए’को कमी
– चिल्लो पदार्थको बढी सेवन
– महिनावारीमा खराबी
– पेय पदार्थको असर
कसरी बच्ने ?
डण्डिफोरबाट बच्नका लागि सुत्नुअघि तातोपानीले मुख धुने र अनुहारमा तातोपानीको बाफ दिने गर्नुपर्छ। बिहान सबेरै उठ्ने बानी बसाल्नुपर्छ। व्यायाम गर्नुपर्छ। सुत्नुअघि जैतुनको तेल अथवा जाइफल दूधमा घोटेर लगाउनाले पनि डण्डिफोरको फैलावटका कमी आउने गर्छ।
एजेन्सीको सहयोगमा