काठमाडौँ । संखुवासभाको मादी नगरपालिका ६ मा भएको बस दुर्घटनामा परी चालक सहचालक दुवैको मृत्यु भएको छ । घटनामा १४ जनाले ज्यान गुमाएका थिए ।
Advertisement
मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । जसमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला र मादी ४ का सहचालक ३५ वर्षीय उमेश भट्टराईसमेत परेका छन् । बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा परेको पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।