काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा पर्सा पुगेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेकोउनी आज बिहान पर्सा पुगेको हुन् ।
Advertisement
पर्सा जिल्ला कार्य समितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा सहभागी हुने प्रधानमन्त्री देउवा पर्सा पुगेका हुन् । गत फागुन २० गते भएको जिल्ला अधिवेशनबाट जनार्दनसिंह क्षेत्री सभापतिमा भएका छन् ।
यस्तै, उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका छन् । सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका छन् ।
सह–सचिवमा नविन सिंह र मदन राउत अहिर निर्वाचित भएका छन् । देउवाले आज एक कार्यक्रमका बीच पर्सा नै पुगेर उनीहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएका हुन् ।