काठमाडौँ । सुनको मूल्य तोलामा तीन हजार ५०० रुपैयाँले घटेको छ । आज छापावल सुनको मूल्य एक लाख २ हजार रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
बुधबार मूल्यमा नयाँ रेकर्ड बनाउँदै प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन र चाँदीको मूल्य आज तोलामा क्रमशः एक लाख एक हजार पाँच सय र १४ सय पाँच रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बुधबार प्रतितोला तेजावी सुन एक लाख ५ हजार रुपैयाँ र चाँदी १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।