• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

जब १७ सालका एमपी रेडियो नेपालमा गुञ्‍जिए …


बिहिबार, चैत २२, २०८० मा प्रकाशित

प्रसारणकै क्रममा त्यो पहिलेकै कर्मचारी अलि हतारिएर एउटी केटीको साथमा आए र मामासँग एमपी जीको प्रसारण सकिएन तर समय सकियो भनेर गुनासो गरे । ती केटीले पनि मेरो समय मिचियो, मेरा बादकहरू तयारीमा छन्, छिटो गर्नुपर्‍यो भन्दै थिइन् ।

Advertisement

श्री श्री गणेशाय नमः, श्री सरस्वतै नमः

आगे मेरो नाम कैलाश सुवेदी हो। मेरो जन्म विसं २००२ साल कात्तिक १० गते भएको हो। मेरो न्वारानको नाम प्रेमप्रसाद हो। म २०१५ सालको आम निर्वाचनमा प्युठान क्षेत्र नम्बर ८३ बाट नेपाली कांग्रेसको उमेदवार भई विजयी हुनुभएका पूर्व सांसद खडानन्द शर्मा सुवेदीको साहिँलो छोरो हुँ।

मलाई यी माथिका कुराहरू लेख्‍न मन त थिएन तर पिताजीका केही छुटेका घटनाहरू लेख्‍नको लागि आधिकारिकता चाहिएकाले लेख्‍न परेको हो।

सम्वत् ०५५ सालमा पिताजीको स्वर्गारोहणपश्‍चात उहाँसँग सम्बन्धित दुई कृतिहरू प्रकाशमा आएता पनि मैले यहाँ उद्धृत गर्न खोजेको प्रसंगचाहिँ यी कृतिहरूमा देख्‍न पाइएन। यसै प्रसंगमा अहिलेको सञ्‍चारको छेलोखेलो भएको बखत र त्यस बखतको मुलुकमा सञ्‍चार प्रविधिको उपलब्धता कति सीमित थियो र पनि कटिबद्ध निर्वाचित जनप्रतिनिधिले कसरी आफ्नो पिछडिएको क्षेत्रका लागि आवाज उठाउने गर्थे भन्‍ने कुराको तुलना पनि होस् भन्‍नाका खातिर यो घटनालाई उजागर गर्नुपर्छ भन्‍ने आशयबमोजिम, म पढ्नचाहिँ अलि-अलि पढ्ने तर लेख्‍न कलम चलाउन साहै दुःख मान्‍ने मान्छेले अहिले यस प्रसंगमा लेख्‍न परेको छ।

प्रसंग शुरु गरौं। तिथिमिति ठ्याक्कै थाहा नभए पनि प्रसंग २०१७ साल भदौको जस्तो लाग्छ। प्रथम निर्वाचित संसदका एमपी बुवाको आफ्नै सकृयतामा हो या सचिवालयको निर्देशन हो वा रेडियो नेपालले आफ्नै हिसाबले चाँजोपाँजो मिलाएको हो? सांसदहरूलाई आफ्नो क्षेत्रको वा जिल्लाको चिनारीको निम्ति रेडियो नेपालबाट सांसदले आफ्नै आवाजमा जिल्लाको सेरोफेरो, संस्कार, रीतिरिवाज, भौगोलिक अवस्थिति, चाडपर्व तथा जनताका दिनचर्याजस्ता कुराहरूको जानकारी गराउन पाउने जानकारी आयो। शायद यो पहिलो प्रतिनिधि सभामा सम्बन्धित जिल्लाको जानकारी मन्तव्य पनि होला।

यस विषयमा प्युठान क्षेत्र नम्बर ८५ का सांसद पुरुषोत्तम शर्माको प्रतिक्रिया थाहा भएन तर क्षेत्र नम्बर ८४ का सांसद अनिरुद्र शर्माले अनिच्छा देखाए भन्‍ने थाहा भयो। प्युठान क्षेत्र नम्बर ८३ बाट निर्वाचित एमपी बुवाले भने यो जिल्लाको परिचयात्मक आलेख तयार गर्ने सिलसिलामा सरसल्लाहको लागि हाम्रा कान्छा मामा भुवनेश्‍वर शर्मा गौतमकहाँ पुग्नुभयो।

रेडियो नेपालबाट प्युठान जिल्लाको चिनारी प्रसारण गर्न पाइने अवसर र आफ्नो इच्छाबारे बताएपछि मामाले समर्थन त गर्नु भयो नै, सँगसँगै आफूले लिपिबद्ध गर्न सहयोग गर्ने वचन दिनुभयो। बुवाले आफूले संकलन गरेका प्यूठान जिल्लाको इतिहास, भूगोल, संस्कृति, रहनसहनलगायत सबै जानकारी र टिपोटहरू मामालाई दिनुभयो। ती टिपोटबाहेक बुवाले उहाँसँग बसेर धेरै विषयहरूमा छलफल गरी एउटा लिखत तयार गर्नुभयो। यस सम्बन्धमा बुवाले अरू सँग पनि सरसल्लाह गरेजस्तो मलाई लाग्छ। बुवाको सबैसँग सरसल्लाह गर्ने र लोकसम्मतिमा निर्णय लिने प्रजातान्त्रिक चरित्र अन्य सामान्य काममा पनि झल्किन्थ्यो।

जयतु संस्कृतम् आन्दोलनका एक सदस्य हाम्रा कान्छा मामा भुवनेश्‍वर शर्मा भारतसम्म पुगेर निर्वाचन सम्बन्धित तालिम लिनुभएको थियो र नेपाल फर्केर २०१५ सालको निर्वाचन निर्वाध सम्पन्‍न गराउनसमेत ठूलो भूमिका वहन गर्नुभएको थियो। त्यतिबेला मामा-माइजु रुकुमे राजा उज्ज्वलबहादुर शाहीको घरमा छोरी रमा र भतिजी गायत्रीसहित सपरिवार डेरा गरी बस्नुभएको थियो। उक्त परिवारमा हामी तीन भाइ, हाम्रा सानो बुवाका छोरा चक्रबहादुर, मेरो माइलो दाजी थिरबहादुर, म र एकजना भान्से सहयोगीसमेत साथै थियौं। मामा पछि पञ्‍चायती व्यवस्था लागू भएपछि  २०१९ सालमा रुकुम जिल्लाबाट पहिलो राष्‍ट्रिय पञ्‍चायत सदस्य निर्वाचित भई २०२६ सालसम्म ६ वर्ष रापंस रहनुभयो।

कार्यक्रमअनुसार निर्धारित दिन र समयमा बुवा, मामा र म तीनजना सिंहदरबारस्थित रेडियो नेपाल पुग्यौं। मामाले बुवाको परिचय गराई प्रसारण हुने लिखत त्यहाँका कर्मचारी, शायद कार्यक्रम व्यवस्थापकलाई देखाउनुभयो। उक्त लिखत मामासँग दुईप्रति थियो क्यार। ती रेडियो नेपालका कर्मचारीले एक प्रति लिखत हातमा लिएपछि हामीलाई केहीबेर पर्खाए। केही क्षणपछि उनले एउटा कोठाको ढोका खोले र भित्र बोलाए।

भित्र एउटा ठूलो टेबुल र एउटा मात्र कुर्सी थियो। उनले त्यो कुर्सीमा बुवालाई बसाए र लिखत बुवाको अगाडिको टेबुलमा राखेर पेपरवेटले च्यापे। टेबुलमाथि झुण्डिइरहेको माइकलाई तानेर बुवाले बोल्न मिल्ने गरी मिलाएर भने, ‘तपाईं यो माइकको अगाडि निर्धक्क भई बोल्नु होला। यो कोठामा तपाईंको आवाजबाहेक केही सुनिँदैन, सीधै रेडियोबाट प्रसारण हुन्छ। बोल्ने अहिले होइन। म ऊ त्यहाँबाट इशारा गर्छु अनि शुरु गर्नु होला।’

उनले टेबुलमा राखेको लिखत बुवाको हातमा दिएर पछि हामी बाहिर निस्कियौं। उनले कोठाको ढोका बन्द गरे। उनी कता गए भनेर म यताउता हेर्दै थिएँ। बुवा बसेको कोठाबाहिर सिसाको झ्याल देखें। दगुर्दै गएर झ्यालबाट भित्र हेरें। बुवाको मुख मात्र चलेको देखियो। मैले केहीबेर हेरिरहें। यत्तिकैमा मामाले प्रसारण भएको छ कि छैन भनेर टेस्ट गर्ने ठाउँ पत्ता लगाउनुभएछ।  मलाई लिएर त्यहीं जानुभयो। बुवा बोलेको आवाज प्रष्‍ट आइरहेको थियो।

बुवाको लागि कति समय छुट्याएको थियो याद भएन। आधा घण्टा समय दिएको थियो कि जस्तो लाग्छ। बिहानको समय थियो। प्रसारणकै क्रममा त्यो पहिलेकै कर्मचारी अलि हतारिएर एउटी केटीको साथमा आए र मामासँग एमपी जीको प्रसारण सकिएन तर समय सकियो भनेर गुनासो गरे। ती केटीले पनि मेरो समय मिचियो, मेरा बादकहरू तयारीमा छन्, छिटो गर्नुपर्‍यो भन्दै थिइन्। मामाले खल्तिबाट सो लिखतको अर्को प्रति निकालेर देखाउँदै थोरै मात्र बाँकी रहेको जानकारी दिनुभयो। रेडियोका ती व्यक्तिले केटीतिर फर्केर ‘ताराजी एकछिन पर्खनु, समय मिलाउँला’ भन्दै ढाढस दिए। केहीबेरमा बुवाको प्रशारण सकियो। ती गायिका तारादेवी रहिछन्।

ती रेडियो नेपालका कर्मचारीले हतार हतार बन्द स्टुडियोको  ढोका खोलेर बुवालाई बाहिर ल्याए र ताराजी तपाईं स्टुडियोमा जानूस् र कार्यक्रम शुरु गर्नूस् भने। उनले बुवाको हातको त्यो प्रसारित लिखत आफैंले लिए र भने, ‘यो रेकर्डको लागि हामीसँग रहन्छ।’

बुवाले प्रसारणको चाँजोपाँजो मिलाइदिएको र थप समय उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो। फर्कंदा पुतलीसडक हुँदै फर्कियौं। बाटोभरि बुवा र मामाले यही प्रसारणको विषयमा कुरा गरिरहनुभएको थियो। मेरो भने भुइँमा खुट्टा नै थिएन। पछि सो प्रसारणपछि बुवाका साथी एमपी अनिरुद्ध शर्माले बुवा सँग अलि डाहा गरेजस्तो व्यवहार गरे भन्‍ने पनि सुनियो।

त्यो दिन बिदाको दिन हुनुपर्छ। मेरो बिहानी स्कुल थियो। बिदा भएकै कारणले मैले यस ऐतिहासिक क्षणको साक्षी हुने सौभाग्य पाएको थिएँ। त्यतिबेला हामी तीन भाइ जेपी हाइस्कुलको कक्षा ७ का विद्यार्थी थियौं। आज यो लेखिरहँदा मसँग त्यो ऐतिहासिक समय साथमा रहनुभएको बुवा, मामा, माइजू, गायत्री दिदी, दाजुहरू थिरबहादुर अनि चक्रबहादुर र बहिनी रमा कोही पनि हुनुहुन्‍न। शायद यो ऐतिहासिक घटना कुनै पनि किसिमले प्रकाशनमा आओस् भन्‍ने इच्छाले परमात्माले मलाई यो ८० वर्षको वृद्धावस्थासम्म यस धर्तिमा राखेको हो कि?

कसै-कसै हुनेखाने सम्पन्‍नसँग मात्रै रेडियो हुने जमाना थियो त्यो। आजजस्तो सबैको पकडमा संसार र अन्तरिक्षको समेत सञ्‍चार हातहातै भएको जमानाका लागि त्यो रेडियो प्रसारणले रत्तिभर महत्त्व नराख्ला तर  हाम्रो किशोरवयको सञ्‍चार साधनविहीन युगमा त्यो महत्त्वपूर्ण घटना थियो।

अरू त कसले पो बुवाको त्यो प्युठान जिल्लाको परिचयात्मक आलेख सुन्‍न पाए होलान र, खलंगामा रहेको प्युठानको जिल्ला पुलिस अफिसका इन्स्पेक्टर अमृतबहादुर लिम्बूले भने उक्त प्रत्यक्ष प्रसारण आद्योपान्त रेडियोमा सुन्‍न पाउँदा खुशी लागेको कुरा पछि बुवा प्यूठान आएका बखत बताएका रहेछन्।

उक्त लिखत रेडियो नेपालले प्रकाशन गर्ने पत्रिका ‘झंकार’को २०१७ साल कात्तिक-मंसिर अंकमा छापिएको ६३ वर्षपछि भेटियो। र, ती सबै पुराना संस्मरणहरू फेरि एकपटक सान्दर्भिक भए कि जस्तो लाग्यो।

किनकि २०१७ साल पुसमा राजाले आफैंले दिएको २०१५ को संसदीय संविधान हरण गरेर निरंकुश शाही व्यवस्था लागू गरेपछि तत्कालीन समयका सबै प्रयास र प्रयत्‍नहरू कता हराए कता। कसैको लागि महत्त्वका विषय नै रहेनन्। पक्राउबाट बच्‍न एमपी बुवा भूमिगत भएपछि हामी साना विद्यार्थी चिहिलविहिल भयौं र हाम्रो शैक्षिक भविष्‍य पनि अँध्यारोको गर्तमा फस्यो।

त्यस बखतको नामी विद्यालय क्षेत्रपाटीको जेपी हाइस्कुलमा पढिरहेका हामी तीनै भाइ ट्यांकामा स्कुलका किताब हालेर गुण्टा कसेर रक्सौलको बाटो ट्रेन चढेर कोइलाबास हुँदै घर फर्कंदै गर्दा सबैका छोराछोरीले पढ्न पाउन् भनी एमपीको १६ महिनो कार्यकालमा ४२ वटा स्कुल स्थापना गर्ने हाम्रा बुवाको प्रखर राजनीतिक व्यक्तित्वलाई प्रशासनले अराष्‍ट्रिय तत्त्व घोषणा  गर्दै जहाँ भेट्यो, त्यहीं गोली ठोक्नु भन्‍ने आदेशले भाग्दै लुक्दै गर्नुपर्ने अवस्थामा पुर्‍याइसकेको थियो।

बिहिबार, चैत २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.