काठमाडौँ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आइओसी)लाई १४ अर्ब ३० करोड रुपैयाँ पठाएको छ । निगमले आइओसीलाई फागुन महिनामा तेल किनेबापत उक्त रकम पठाएको हो ।
Advertisement
निगमका प्रवक्ता बिनितमणि उपाध्यायले पहिलो किस्ताबापतको १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पठाएको जानकारी दिए । उनले फागुन महिनामा कूल २६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्नु पर्नेमा बाँकी रकम २३ मार्चमा पठाउने बताए ।
तेल किनेको रकम भुक्तानीका लागि सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ दिएको थियो । कोषले दिने रकम निगम नाफामा हुँदा आयात हुने प्रतिलिटर पेट्रोलियम पदार्थबाट एक प्रतिशतका दरले संकलन गरिएको हो ।
निगम नाफामा हुँदा उठाइएको रकम सञ्चालनमा समस्या पर्दा प्रयोग गर्ने व्यवस्था छ ।