Advertisement
मनिष अर्याल
काठमाडौँ । मंगलबार विश्वभर ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले बिदा दिएको छ । देशभर सभा सम्मेलन एवं शुभकामना आदान प्रदान भइरहेको छ ।

यसैबीच श्रमिक महिला ‘महिला दिवस’मा समेत काममा व्यस्त देखिएका छन् । बिहान बेलुका सामान लिएर बाटोमा बेच्न बस्ने महिलाहरूलाई दिवसबारे थाहा थिएन ।
उनीहरू यसअघिका दिनमा जस्तै आफ्नै काममा व्यस्त थिए । आफ्नै काममा खुसी थिए ।




