• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रुसको धम्की : युरोपमा रुसी इन्धन रोकिए ग्यास पनि रोकिन्छ


मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित

Advertisement

रुसले युरोपमा आफ्नो इन्धन आयात रोकिए युरोप पठाउने ग्यास पनि बन्द गर्ने धम्की दिएको छ।

युरोपेली मुलुकहरू रुसको प्राकृतिक ग्यासमा निर्भर छन्। रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसमा उत्पादित पेट्रोलियम पदार्थको आयातमा युरोपेली मुलुकले प्रतिबन्ध लगाउँदा विश्वव्यापी बजारमा अभाव सिर्जना भएको दाबी गरेका छन्। र, कच्चा तेलको मूल्य प्रतिब्यारेल ३०० डलर पुग्ने बताएका छन्।

रुसले युक्रेनमाथि ज्यादतीपूर्ण आक्रमण थालेपछि युरोपेली मुलुकहरू रुसको इन्धन आायतमा प्रतिबन्ध लगाउने तयारीमा छन्। तर, रुसी इन्धन आयातमा प्रतिबन्ध लगाउने अमेरिकी प्रस्ताव जर्मनी र नेदरल्यान्ड्सले अस्वीकार गरेका छन्। कारण– इन्धनमा प्रतिबन्ध लगाउँदा ग्यासको आपूर्ति पनि रुसले बन्द गरिदिने जोखिम छ।

युरोपेली मुलुकमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत इन्धन रुसबाट आयात हुन्छ। रुसबाट आयात अवरुद्ध हुँदा ग्यास र इन्धन आपूर्तिको अर्को सहज विकल्प छैन। त्यही बुझेका रुसी उपप्रधानमन्त्री नोभाकले सरकारी टेलिभिजनमा सम्बोधन गर्दै भने, ‘रुसको इन्धन र ग्यासको विकल्प युरोपेली मुलुकमा असम्भव छ।’

जर्मनीले रुससँग जोडिने नयाँ ग्यास पाइपलाइन ‘नर्ड स्ट्रिम–२’को निर्माण अगाडि नबढाउने निर्णय गत महिना नै गरिसकेको छ। त्यो भनेको रुसमा उत्पादित इन्धनमाथि प्रतिबन्ध लगाउने संकेत भएको रुसी उपप्रधानमन्त्रीको भनाइ छ। ‘त्यो भनेको हामीलाई पनि नर्ड स्ट्रिम–१ मार्फत भइरहेको ग्यास आपूर्ति रोक्ने पूर्ण अधिकार छ भन्ने हो,’ उनले भने।

रुस प्राकृतिक ग्यासमा संसारको शीर्ष उत्पादक हो। र, कच्चा तेलको दोस्रो ठूलो उत्पादक पनि। युरोपेली मुलुकले प्राकृतिक ग्यास र इन्धन आपूर्तिमा प्रतिबन्ध लगाए भने रुसको अर्थव्यवस्थामा ठूलो नोक्सानी पुग्नेछ।

युक्रेनले रुसबाट हुने प्राकृतिक ग्यास र इन्धनको आपूर्तिमाथि प्रतिबन्ध लगाउन युरोपेली मुलुकहरूसँग बारम्बार आग्रह गर्दै आएको छ। विश्व बजारमा मूल्य अत्यधिक बढ्ने भएकाले युरोपेली मुलुकहरू प्रतिबन्ध लगाउन डराइरहेका छन्। सोही डरका कारण लगानीकर्ता प्राकृतिक ग्यास र इन्धनमा थप लगानी गर्न हच्किएका छन्। सोही कारण सोमबार कच्चा तेलको मूल्य १४ वर्षयताकै सर्वाधिक १३९ डलर प्रतिब्यारेल पुगेको छ। र, यो अझ बढ्ने संकेत देखिएको छ।

अमेरिकाले पनि आफ्ना सहयोगी मुलुकलाई रुसबाट प्राकृतिक ग्यास र इन्धन आपूर्ति बन्द गर्न आग्रह गर्दै आएको छ। जर्मनीका चान्सलर ओलाफ सोल्जले सोमबार पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकार गरेका छन्।

२४ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण थालेयता १७ लाखभन्दा बढी युक्रेनी नागरिक सीमापार गर्दै मध्य युरोपमा पुगिसकेका छन्, जुन दोस्रो विश्वयुद्धयता युरोपमा देखिएको सबैभन्दा ठूलो शरणार्थी समस्या हो। तीमध्ये १० लाख त युक्रेनको छिमेकी पोल्यान्ड पुगेका छन्।

मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.