Advertisement
परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५३३ नेपाली छिमेकी मुलुकमा पुगिसकेको जानकारी दिएका छन्।
सोमबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खड्काले युक्रेनबाट ५३३ नेपाली सुरक्षित रुपमा बाहिरिएको बताएका हुन्। उनका अनुसार उद्धार गरिएकामध्ये ४२७ जना पोल्यान्ड र बाँकी अन्य देशमा सुरक्षित छन्।
प्रेस ब्रिफिङमा भारत सरकारको उद्धार टोलीलाई नेपाली नागरिकलाई पनि उद्धार गर्न आग्रह गरेको जानकारी दिँदै उनले सोहीअनुसार सहयोग भएकोमा भारत सरकारलाई धन्यवाद दिए।
यस्तै, उनले राष्ट्रसङ्घको ११ औँ आपतकालीन बैठकमा नेपाल युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी दिए। मन्त्री खड्काका अनुसार असंलग्न परराष्ट्र नीतिअनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको हो।