• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

मेलम्ची आयोजना बन्द गराउने बाढी पीडितको चेतावनी


सोमबार, फागुन २३, २०७८ मा प्रकाशित

काठमाडौँ । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढी पिडित सरोकार समन्वय समितिले आयोजना बन्द गराउने चेतावनी दिएको छ । चैत १ गतेसम्म सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरुको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो ।

Advertisement

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत १ गतेसम्म पूरा गराउन चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढी पिडित समन्वय समितिका संयोजक उपेन्द्र तामाङले मानवीय भौतिक तथा नागरिहरुको जीवन निर्वाहको अनिवार्य साधनको क्षति भएको भन्दै समस्या समाधान गर्न कुनै पनि कदम नचालिनु दुःखद रहेको बताए ।

बाढी पीडितको माग यस प्रकारका छन् :

१, मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासको निम्ति नियमित रुपमा मेलम्ची खाने पानी विकास समितिले उपलब्ध गराउँदै आएको सामाजिक उत्थान कार्यक्रम संचालनअन्तर्गत यस आर्थिक वर्षको बजेट स्थानीय समितिमा आउन ढिलाई भइरहेकाले तत्काल उपलब्ध गराउन माग ।

२, मेलम्ची नदीमा आएको बाढीले ठूलो धानजनको क्षति पुर्याएको र आगामी वर्ष नदी किनारको बस्ती जोखिममा रहेकाले नदीलाई पुरानै धारमा बगाउन, मेलम्ची र ईन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा पाँच मिटर खोला गहिर्याउन र तटीय क्षेत्रका जोखिममा रहेका बस्तीको संरक्षणका लागि आवश्यक बजेट तत्काल आयोजनाबाट उपलब्ध गराउन ।

३, मेलम्ची र इन्द्रावती नदी किनारका बस्ती तथा खेती योग्य जमिन ठूलो मात्रामा कटान भएकाले सो क्षेत्रको जमिन संरक्षण र खेती योग्य जमिन बनाउनका लागि मुहानदेखि सिपाघाट भिमटारसम्म आय आर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण सडक, सिंचाई तथा सार्वजनिक पूर्वाधार निर्माण एवम् संरक्षणका लागि मेलम्ची ईन्द्रवती नदी करिडोर एकीकृत विकास आयोजनाको रुपमा एक विशेष दीर्घ कालीन आयोजना नेपाल सरकारले तत्काल संचालन गर्न ।

४, मेलम्ची नदीको पानी काठमाडौँ आएपछि मेलम्चीबासीले लेभी पाउने कुरा पटक–पटक सहमति भई विभिन्न अध्ययन भएर प्रकृया अघि बढेको तर, हालसम्म कुनै निर्णय भएको जानकारी प्राप्त नभएकाले तत्काल निर्धारण गर्न ।

५, आगामी वर्षमा सहज आवत–जावत गर्न सहन हुने गरी सडक निर्माण कार्य तत्काल अघि बढाउन ।

६, मुहान क्षेत्रमा थुप्रिएका ढुंगा, माटोहरु निकालेर सुरक्षित ढंगले भण्डारण गर्न सहमति भएर पनि जथाभावी ढंगले राख्दा नदी किनारका बस्ती जोखिममा पर्ने भएकाले सुरक्षित भण्डारणमा जोडदार माग ।

कार्यक्रममा बोल्दै हेलब्बु बाढी पिडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीले जोखिममा रहेका आयोजना प्रभावित क्षेत्रका बस्तीलाई संरक्षण गर्न सम्झौता भए पनि काम नभएको बताए ।

‘असार १ गते मेलम्ची खोलाका उत्गम स्थल हेमाथानबाट सुरु भएको बाढी पहिरोले तटीय क्षेत्रमा व्यापक क्षति भएको छ । घर, जमिन, सार्वजनिक पूर्वाधार सबै ठाउँमा क्षति पुगेको छ, राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी योजनाको सुरुङ मार्गबाट निकालिएको कच्चा पदार्थ र अन्य इकुप्मेन्टबाट पनि तल्लो तटीय क्षेत्र त्यस क्षेत्रमा व्यापक क्षति भयो । तर, अहिलेसम्म पनि समस्याको समाधान भएन’, उनले भने ।

  • चेतावनी
  • बाढी पीडित
सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.