• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

हवाई भाडा बढ्ने, यातायात भाडा किन नबढ्ने ?


सोमबार, फागुन २३, २०७८ मा प्रकाशित

काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

Advertisement

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी हप्ता दिनभित्र समस्या समाधान नभएमा आगामी चैत्र १ गतेदेखि आन्दोलनमा जाने घोषणा गरेको हो ।

महासंघले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेश स्तरीय रुटमा न्युनतम २६ प्रतिशतले वृद्धि गर्न र ट्याक्सीको हकमा सुरुवाती ८० रुपैयाँ तथा भाडा प्रति किलोमिटर ६० रुपैयाँ दरले समायोजन गर्न सरकारसँग माग गरेको हो ।

महासंघका अध्यक्ष डोलनाथ खनालले अन्तिमपटक भन्दै सरकारलाई सात दिनको समय अवधिमा माग सम्बोधन गर्न आग्रह गरेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको आधारमा भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरे । अध्यक्ष खनालले विगतजस्तै आन्दोलनको निमित्त सात दिने सरकारलाई अल्टिमेटम दिएको सुनाए ।

उनले केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि पूर्वसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेले निजी क्षेत्रका कुनै नीति निर्माण नगरी पलायन गराउन खोजेको आरोप लगाए । उनले भने, ‘केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि अहिलेका सरकारसम्म रहनेले निजी क्षेत्रका कुनै नीति निर्माण नगरी पलायन गराउने, लगानी ध्वस्त बनाउने, यसप्रति साझा दृष्टिकोण नबनाउने र आफै तड्पिएर कमजोर भएर जाने परिस्थितिको सृजना भएको छ ।’

उनले २०६५ सालमा यातायात क्षेत्रमा सरकारले एउटा भाडा नीति बनाएको उल्लेख गरे । सोही नीतिको आधारमा गत असारसम्म भाडादर कायम भइरहेको उनले बताए । विगत ६ वर्षसम्म आइपुग्दा बागमती प्रदेशमा ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन नसकेको पनि उनले स्पष्ट पारे । उनले भने, ‘०७३ देखि ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन सकेको छैन ।’

संघीय सरकारले गत असार २८ गते भाडा समायोजन गर्दा डिजेलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ रहेको र तत्पश्चात पटक–पटक मूल्य वृद्धि भएको बताए । असार २८ गतेपछि २७ रुपैयाँ पेट्रोलियम पदार्थको मूल्य बढे पनि आजसम्म भाडा समायोजन नगरेको उनले गुनासो पोखे ।

चैत्र १ गतेबाट आफूले आन्दोलन गर्ने, त्यसबाट पर्ने कठिनाई र जिम्मेवारी राज्यले लिन पर्ने उनले बताए । आजमात्रै सम्बन्धित मन्त्रालयमा गई मन्त्रीलाई ज्ञापन पत्र बुझाएर आएको उनले सुनाए ।
उनले हवाइ यातायातमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको २४ घण्टामा हवाई भाडा बढ्ने तर आफूहरुको नबढेको भन्दै आपत्ति जनाए ।

  • यातायात
  • हवाई भाडा
सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.