Advertisement
‘स्ट्रिमिङ जायन्ट’ नेटफ्क्लिसले पनि रुसमा आफ्नो सेवा बन्द गरेको छ।
युक्रेनमा रुसको अत्याचारविरुद्ध नेटफ्क्सिले पनि रुसमा आफ्नो ओटीटी प्लेटफर्ममा प्रतिबन्ध लगाएको हो। नेटफ्क्सि अमेरिकी ओटीटी प्लेटफर्म हो।
यसअघि सामाजिक सञ्जाल जायन्ट टिकटकले पनि रुसमा सेवा बन्द गरेको थियो। टिकटकले रुसबाट भिडियो कन्टेन्ट अपलोड गर्न पनि बन्द गरेको छ। रुस सरकारले गत शुक्रबार रुसी सेनाबारे फेक न्युज प्रकाशित गरेमा १५ वर्षको जेल सजायँ हुने कानून पारित गरेको छ।