ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ५ सिस्नेखोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य सात जना घाइते भएका छन् ।
Advertisement
मृत्यु हुनेमा ओखलढुंगाको चिसङखुगढी गाउँपालिका ३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालकसहित एक जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुंगामा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
माम्खाबाट ओखलढुंगातर्फ आउँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जिप आइतबार बिहान दुर्घटना भएको थियो ।