सशस्त्र वेस क्याम्प चतराको गस्ति टोलीले वराहक्षेत्र नगर पालिका वडा नं २ र ६ को शप्तकोशि नदि स्थित सिसौली धाट(टापु) बाट १५० के.जि. ठूलो परीमाणमा वेवारिसे अवस्थामा लागु पदार्थ गाजा आज विहान साडे १ वजे बरामद गरेको कुरा ससस्त्र प्रहरी बेस क्याम्प चतराका प्रहरी निरीक्षक बिग बहादुर गोलेले जानकारी दिएका छन।
टोलीले सप्तकोशी किनारमा गस्ति गर्ने क्रममा उक्त लागु पदार्थ बरामद गरेको छ।
उक्त बरामत लागुपदार्थ कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय महेन्द्र नगर चक्रधटीमा बुझाउने कुरा निरीक्षक गोलेले जानकारी दिए।
वराहक्षेत्र नगरपालिका वडा नं १ रुट हुँदै र सप्तकोशी नदीबाट लागुपदार्थ तथा दुइ नम्बरी धन्दा(तस्करी) गर्नेहरुको लागि टान्जिट पोइन्ट भई रहेको र लागुपदार्थ प्रहरीले पक्राऊ गरि रहेको धटनाले पुष्टि गरि गरेको स्थानीय बासिन्दाहरु बताउछन।
उक्त लागु पदार्थ गाँजा भारतको तर्फ निकासी हुन सक्ने प्रहरीको अनुमान रहेको छ।