काठमाडौँ । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका नायक पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले उनले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
Advertisement
यसअघि उनलाई हिरासतमा राख्न दिइएको ७ दिन म्यादले नपुगेपछि १२ दिन थप गरिएको हो । १७ वर्षीया गायिकाले आफूलाई पटक–पटक बलात्कार गरी यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसपछि शाह गत फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।
पीडित गायिकाले पलले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर करणी गरेको भन्दै कानूनी कारबाहीको माग गरेकी थिइन । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडास्थित प्रदीप थापाको घरको कोठामा अन्तिमपटक बलात्कार गरेको भन्दै सोही जिल्लामा पुगेर उजुरी दर्ता गरेको हो ।