काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री मोहन बाँनिया निलम्बित भएका छन् । शिक्षिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनी निलम्बित भएका हुन् ।
Advertisement
मुगु जिल्लाका सांसद बाँनियालाई निलम्बित भएको सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जानकारी गराएका हुन् । बानियाँमाथि बलात्कार मुद्दामा प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका थिए ।
योसँगै एमालेका संसदमा संख्या ९७ पुगेको छ ।