Advertisement
काठमाडौं महानगरपालिका-१६ वनस्थली ढुंगेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफूलका टहराहरूमा गएराति आगलागी हुँदा ७० वटा स्टल जलेर नष्ट भएका छन्।
आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पाँचवटा दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।