काठमाडौं महानगरपालिका-१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोली उनीहरूलाई नगद २२ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल सेतीपाखास्थित एकबहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई नगद ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, दाङ घोराही उपमहानगरपालिका-१५ स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ घर भएका ५२ वर्षीय गोपालबहादुर कुँवर लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय घोराहीको टोलीले उनीहरूलाई नगद २ लाख २१ हजार ३ सय ५ रुपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको हो।
बाँके नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीस्थित सिटी प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी बाँकेको टोलीले उनीहरूलाई नगद ६ लाख ९४ हजार ५ सय रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो।