बराहक्षेत्र– बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेका एक पुरुषको सकुशल उद्दार भएको छ।
धरान-१९ बस्ने अन्दाजी ४१ वर्षीय सुजन श्रेष्ठले शनिबार मध्यान्ह साढे १२ बजे सप्तकोशी नदीमा हाम फालेर आत्महत्यको प्रयास गरेका हुन्। नदीमा हाम फालेर उनलाई कोशीमा बग्दै गरेको देखेपछि स्थानीयवासीले पुलमा ड्युटी गर्ने प्रहरीलाई गरेका थिए।
त्यसपछि तत्कालै उनको उनको इलाका प्रहरी चतरा, सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी र पानीबोटको सहयोगमा सकुशल उद्धार गरिएको थियो। उनको उद्दारका लागि मरिन रिसोर्ट प्रा.लि.सन्चालक शंकर नेपालसंग समन्वय गरि जेटबोटको सहयोग लिइएको थियो। जिवितै उद्दार गरिएका श्रेष्ठलाई चतरा अस्पताल लगिएको स्थानीय होटल व्यवसायी फुर्पा तामाङले बताए।
चतरा अस्पतालका डाक्टर गिरेन्द यादवले उद्धार गरिएको श्रेष्ठको उपचार भइरहेको तथा फोक्सोमा पानी जमेजस्तो देखिएको अवस्था हेर्दा सामान्य रहेको जानकारी दिएका छन।