मेष- आज तपाईंलाई अल्छीले सताउला। शरीरमा रोग लाग्नाले धनको पनि क्षति होला। पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। खानपानमा विचार पुर्याउनु होला। स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला।
वृष- परिश्रमअनुसार उपलब्धी राम्रै पाइएला। रोकिएका काम फेरि शुरु हुन सक्छन्। घरमा पाहुनाले सताउलान्। बुद्धिको सही प्रयोग भई चिताएका काममा सफलता पाइने योग छ। अन्न लाभ पनि होला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। आज कसैबाट समर्थन एवं धन पाइने दिन छ।
मिथुन- आज चिताएको काममा सफलता पाइनेछ। धन लाभ पनि हुने दिन छ। कसैबाट समर्थन पनि पाइएला। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ। परिवारबाट सुखको अनुभूति पनि मिल्ला।
कर्कट- शरीरमा सामान्य रोगले सताउला। सामाजिक सम्मान पाउने समय छ। यात्राको पनि योग छ। हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ।
सिंह- आर्थिक पक्ष खासै राम्रो छैन। नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला। सामान्य रोगले सताउला। भौतिक सरसामनको पनि क्षति हुने दिन छ।
कन्या- बिहानीपख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ। बन्दैन भनेको काम पनि अथक प्रयासमा बन्ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुनेछ। नसोचेका आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ।
तुला- आज पैसा कमाउने योग छ। नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ। आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने छन्। व्यापार व्यवसायमा राम्रै आम्दानी हुने दिन छ। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ।
वृश्चिक- कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ। परिवारमा आर्थिक समस्याले पनि सताउने छ। काम गर्न जाँगर आउनाले धन लाभ होला। सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ। नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ। व्यापार व्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ।
धनु- आज अनावश्यक डर लाग्न सक्छ। कसैसँग हल्का मनमुटाव पनि होला। विचार र चिन्ता बढ्ने तथा समयमा निर्णय नहुँदा काममा अवरोध आउने योग छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ।
मकर- कसैबाट आदर पाउने दिन छ। जागिरमा भने खासै मन नजाला। धनमान पाउने योग छ। नोकरी तथा राजनीतिमा वर्चश्व बढाउन सकिने छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
कुम्भ- आज तपाईंले सोचेका काम पूरा भई सुखको अनुभव हुने दिन छ। आर्थिक कारोबार राम्रै रहला। परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य सुखमा रमाउने समय छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषिकार्यबाट पनि फाइदा लिन सकिने छ।
मीन- नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ। परिवारमा भने सामान्य विवाद होला। आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ।