कारण
– सवारीसाधनको चाप बढ्नु। पुराना सवारीसाधनबाट निस्कने धुवाँ।
– बाटो खन्दा निस्किने धुलो वातावरणमा मिसिँदा।
– जथाभावी फोहोरमैला फाल्दा, जलाउँदा।
– कलकारखाना नजिकै मानवबस्ती हुँदा।
– धुवाँधुलो नियन्त्रण गर्न नसक्दा।
– बढ्दो शहरीकरण।
– डढेलो
स्वास्थ्यमा पार्ने असर
हावा नभई नहुने कुरा हो। हामीले यही वातावरणबाट हावा लिन्छौं। हामी बसिरहेको ठाउँको हावा प्रदूषित छ भने हामीले नाक मुखबाट लिएको हावाले असर गर्न शुरु गर्छ।
रुघाखोकी लाग्ने, पिनासको समस्या हुने, श्वासप्रश्वासमा समस्या, फेरेन्जाइटिस हुने, लेरेन्जाइटिस हुने हुन्छ। त्यसैगरी, निमोनिया, दमसम्बन्धी रोग देखा पर्छन्। पहिलेदेखि नै दम भएका रोगी भए प्रदूषित क्षेत्रमा जाँदा झन् समस्या बढ्छ।
अर्को- एलर्जीको समस्या देखिन्छ। वायु प्रदूषणमा विभिन्न केमिकलहरू पाइन्छन्। तिनले एलर्जी गराउँदा रुघाखोकी लाग्छ। त्यसबाट दीर्घकालीन असर देखिन्छ।
प्लास्टिकजन्य फोहोर जलाउँदा निस्किने प्रदूषणले पछि गएर क्यान्सरसमेत गराउँछ। फोक्सोको क्यान्सरदेखि लिएर शरीरका विभिन्न अंगमा त्यसले नकारात्मक प्रभाव पार्छ। प्रदूषणमा मिसिएको लिड, सिलिका, सल्फाइड, कार्बोन मोनोअक्साइडले सीधै स्वास्थमा असर पुर्याउँछन्। गाडीबाट निस्कने धुवाँ, फोहोर तथा आगो बाल्दा निस्केको धुवाँले हाम्रो शरीरलाई नकारात्मक प्रभाव पारिरहेका हुन्छन्। लामो समय प्रदूषित क्षेत्रमा बस्दा दम र फोक्सोको क्यान्सरलगायत समस्या देखिन्छन्।
कसरी बच्ने ?
– प्लास्टिकजन्य तथा अन्य फोहोर वस्तुहरू खुला स्थानमा बाल्न हुँदैन। जथाभावी फोहोर नफाल्ने, नबाल्ने।
– पुराना थोत्रा, धुवाँ फाल्ने गाडीको प्रयोग कम गर्ने। वा यसको मर्मत सम्भार गरी धुवाँ फाल्न कम गर्ने।
– घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्ने।
– निर्माण कार्यहरू भइरहेको ठाउँमा नजाने। निर्माण कार्यमा रहेका व्यक्तिहरूले स्वास्थ्य सुरक्षाका सामग्रीहरू प्रयोग गर्ने।
– विद्युत र सौर्य ऊर्जाको प्रयोगमा विशेष जोड दिने।
– कलकारखाना तथा उद्योगभन्दा मानव बस्तीबाट टाढा राख्ने
– मानव वस्ती वरिपरि धुवाँजन्य पदार्थहरू नजलाउने
– व्यवस्थित शहरीकरणको विकास गर्ने
– खोला, नाला, नदी ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने
(सशस्त्र प्रहरी अस्पतालका फिजिसियन डा. झासँग कुराकानीमा आधारित)