• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सप्तकोशीबाट धरानमा पानी लैजान मेयर साम्पाङले गरे सार्वजनिक सुनुवाइ


बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

सुनसरी-  बराहक्षेत्र नगरपालिका-१ भएर बहने सप्तकोशी नदीको पानी धरान लैजाने विषयमा सार्वजनिक सुनुवाइ गरिएको छ।

Advertisement

स्थानीय बासिन्दा र सरोकारवाला निकायबीच बुधबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो।

धरानमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि चतराबाट सप्तकोशीको पानी लाने विषयमा धरान खानेपानी परियोजनाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन तयारीको विषयमा स्थानीय बासिन्दा र सरोकारवाला निकायबीच वडा १ को कार्यालयमा ‘सार्वजनिक सुनुवाइ गरिएको हो।

उक्त आयोजनाको प्रारम्भिक वातावरणीय प्रभावसम्बन्धी कार्यक्रममा स्थानीय पुष्पराज ढुंगानाले स्थानीय बासिन्दालाई रोजगारी दिनुपर्ने बताए। आयोजनाको कारण वातावरणमा पुग्ने असर न्यूनीकरण गर्नुपर्ने, पाइपलाइन विस्तार क्रममा कुनै क्षति भएमा जिम्मेवारी लिनुपर्ने, बराहक्षेत्रको खानेपानीको समस्यासमेतलाई प्याकेजको रूपमा हल गर्नुपर्ने सुझाव उनले दिए। स्थानीय सरोकारवालाको जायज माग आयोजनाले सुनवाइ गर्नुपर्ने धारणा उनको थियो।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लिफ्टिङ प्रणालीद्वारा चतराबाट धरान पानी लैजाँदा स्थानीय स्तरमा इन्टेक निर्माण गरी पाइपलाइन विस्तार गरिने बताए। सप्तकोशीको पानी प्रयोगवापत स्थानीय बासिन्दाहरूले राखेका जायज माग सम्बोधन गर्न आफूहरू तयार रहेको उनले बताए।

पानी प्रशोधन केन्द २५ सय घन मिटर, सुम्निमा ट्यांकी ६ हजार घन मिटर, फुस्रे, विजयपुर, पिण्डेश्वर ट्यांकी ५०० घन मिटरको रहने एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख महेश न्यौपानेले जानकारी दिए। उनका अनुसार आयोजना सम्पन्न गर्न करिब ५ अर्ब बजेट लाग्ने अनुमान छ।

उक्त कार्यक्रममा स्थानीय बासिन्दाले राखेका १० वटा राय सुझाव लिखित रूपमा टिपोट पनि गरिएको थियो।

बराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापा मगर, धरानका मेयर साम्पाङ, आयोजना प्रमुख न्यौपाने, धरान–१८ का वडाध्यक्ष नरेन्द्र (प्रवीण) राई, ४ का वडाध्यक्ष धनबहादुर राई, ११ का वडाध्यक्ष लोकेन्द्र फागो, १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा बराहक्षेत्र–१ का वडाध्यक्ष मगरले वडाको तर्फबाट साविक बराहक्षेत्र गाविस ७, ८ र ९ का सूर्यकुण्ड, चियाबारी, अर्चले, चावचा, बागदवारी, सिधुरे पुच्छरलगायत बासिन्दाका लागि पर्याप्त मात्रामा खानेपानी आयोजनाले उपलब्ध गर्नुपर्ने सुझाव दिए।

उक्त कार्यक्रम एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना, पानीपोखरी, काठमाडौं र धरान खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा सम्पन्न भएको हो।

बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.