मनिष अर्याल
एउटा ऐतिहासिक सभ्याता बोकेको शहर हो, काठमाडौँ । विभिन्न जातजाति, भाषा–भाषी, कला–संस्कृति, मौलिक परम्पराले भरिएको यहाँका हरेक स्थानको आफ्नै महत्व छ ।
आफ्नै इतिहास बोकेका मन्दिरहरूलाई मानिसले आस्थाको केन्द्र मानेका छन् । विभिन्न अवसरमा नदीनाला, ताल तलैयाँमा ठूलो मेला लाग्ने गरेको छ ।

काठमाडौँमा बग्दै आएका बागमती, विष्णुमतीजस्ता नदीहरूको किनारमा हिन्दु धर्मालम्बीहरूका आस्थाको मन्दिरहरू रहेका छन् । जहाँ देशबाहिरका मानिसहरूसमेत आइपुग्ने गरेका छन् ।
शिवरात्रिको अवसरमा बागमती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिरमा लाखौँ मानिसले दर्शन गरे । जहाँ नेपालको मात्र नभई भारतसहितका देशहरूबाट दर्शनार्थी आइपुगे ।

तर, ऐतिहासिक महत्व बोकेको उपत्यकाका नदीहरूको अवस्था दयानीय छ । जहाँ पानी होइन, मानिसको मलमुत्र र ढल बग्ने गरेको छ । साना होस् वा ठूला, सबै नदीहरूमा निर्वाद ढल र फोहोर बग्दै गर्दा ऐतिहासिक सभ्याता बोकेको शहरका नदीनाला संकटमा परेका छन् ।
जसमा हनुमान्ते खोलाको अवस्थामा पनि उस्तै छ । सुन्दर घरहरूलाई किनारमा राखेर बगिरहेको हनुमान्ते आफैमा भने कुरुप बनेको छ । यहाँ पानी होइन, ढल र फोहोर जम्मा भएका छन् । जहाँ पानी होइन, मानिस असली रुप बगिरहेको छ ।


