कैलाली । बिरगंजबाट लाइटर बोकेर महेन्द्रनगर आउदै गरेको ट्रकमा आगलागी भएपछि चिसापानी स्थित कर्णाली पुलमा आवागमन ठप्प पारिएको छ ।
सोमबार दिउँसो बर्दिया र कैलाली जोड्ने पुर्व पश्चिम राजमार्ग चिसापानी अन्तरगत कर्णाली पुल माथी आइपुग्दा अचानक ना ५ ख ९२५७ नम्बरको ट्रकमा आगलागि भएको थियो ।
आगलागी नियन्त्रणका ७ ओटा दमकम पुगेका थिए ।कैलालीको लम्किचुहा नगरपालिका, टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, बर्दियाको बासगढी, मधुबन, गुलरिया र बाकेको कोहलपुर नगरपालिकाको दमकलको प्रयोगले करिब ५ घण्टापछि आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।
ट्रकमा लागेको आगोले पुलमा समेत क्षति पुर्याएको भन्दै अहिलेलाई आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर निरज शाक्यले बताए । उनले हाललाई बर्दियाको भुरिगाउ, गुलरिया, राजापुर हुँदै सत्ति, टिकापुर लम्कि र कैलालीको लम्कीबाट टिकापुर, सत्ती, राजापुर, गुलरिया हुँदै भुरिगाउ जान सवारी डाइभर्सन गरिएको बताए ।