काठमाडौँ । नेपाल प्रहरीले जथाभाबी शीर्षक राखेर समाचार लेख्ने तथा भिडियो बनाउनेमाथि कारबाही गर्ने भएको छ । प्रहरीको साइबर व्यूरोले युट्युब तथा टिकटक जस्ता समाजिक सञ्जालमा यस्ता सामाग्री नराख्न अनुरोध गरेको हो ।
Advertisement
विगत केही दिनदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपोग गरी सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यलेबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडिओ तथा तस्बिरहरू अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने अफवाह फैलाउने, भ्रम सिर्जना गर्नेलगायको काम भएको भन्दै प्रहरीले निगरानी गर्ने भएको हो ।
यसो गरेमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गर्ने व्यूरोले जनाएको छ ।
