काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै काठमाडौँ उपत्याकासहित अन्य जिल्लाहरुमा पेट्रोलिय पदार्थ अभाव भएको छ । निगमले शुक्रबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य गर्दै निजी पम्पलाई कमिसन नलिन आग्रह गरेपछि अभाव भएको हो ।
Advertisement
अहिल निजी पम्प व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी अवरोध गरेको छ । तर, सरकारी स्वमित्वका संस्था तथा कम्पनीका पम्पहरूले इन्धन ढुवानी नियमित राख्दै आएको निगमले जनाएको छ ।
जसमा नेपाली सेना, नेपाल प्रहरी र साझा सहकारीका पेट्रोल पम्पमा मात्रै डिजेर र पेट्रोल बिक्री भइरहेको निगमले जनाएको छ । यी पम्पहरूले आज मात्रै करिब दुई लाख पेट्रोलियम पदार्थ खरिद गरेका छन् । कमिसनमा विवाद भएसँगै निगम र निजी व्यवसायीको वार्ता भएको छ ।