• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

घुर्ने समस्या देखिएमा के गर्ने ?


    Avatar photo
शनिबार, फागुन २६, २०८० मा प्रकाशित

काठमाडौं- निदाएका बेला श्वास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ। यो एक सामान्य प्रकिया हो। तर, अर्कालाई बाधा पर्नेगरी लामो समयसम्म ठूलो आवाजमा घुर्नुचाहीं एउटा समस्या हो।

Advertisement

घुर्ने समस्या सामान्य लाग्छ। सुतेपछि आफू घुरेको थाहा हुँदैन। वास्तवमा निन्द्रामा घुर्ने मान्छे आफू त ठीकसँग सुतिरहेको हुँदैन नै, अरूको निन्द्रासमेत खल्बलिन्छ।

मुख्यतया सास फेर्ने नलीमा भित्रपट्टि मासु पलाउँदा वा भित्रको मांसपेशीले काम नगर्दा घुर्ने समस्या हुन्छ। त्यसैगरी, मानिस मोटाउँदै जाँदा घाँटीमा बोसोको मात्रा बढेर सास फेर्ने ठाउँ साँघुरो हुन सक्छ र समस्या देखिन्छ।

घुर्ने समस्या बालबालिकामा पनि हुन्छ। नाकको पछाडि भागमा हुने मासु बढ्यो भने बालबालिकामा घुर्ने समस्या देखिन सक्छ। त्यसैगरी, वयस्कहरूमा मोटोपनाका कारण यो समस्या हुन सक्छ। घुर्ने समस्याका कारण धेरै छन्। नाकको हड्डी बांगो भएमा, नाकको पछाडिको भाग सुन्‍निएमा, घाँटीमा टन्सिल भएमा, सास फेर्ने नली साँघुरो हुँदा घुर्ने समस्या देखिन्छ।

कुनै जटिल रोग निम्त्याउँछ ?

घुर्नुलाई सामान्य मानिने गरिन्छ। तर, पछिल्लो समय मेडिकल साइन्समा घुर्नुले धेरै असर गर्छ भनेर देखाएको छ। बालबालिकामा घुर्ने समस्या देखिँदा उनीहरूको विकासमा असर पुर्‍याउन सक्छ। उनीहरू राम्रोसँग सुत्‍न पाएनन् भने दैनिक क्रियाकलापमा असर पर्ने हुन्छ।

झर्को मान्‍ने, शारीरिक तथा मानसिक विकासमा समस्या देखिने, खानपिन र व्यवहारमा परिवर्तन आउने हुन्छ। लामो समयसम्म यो समस्या रह्यो भने यसले बालबालिकाको फोक्सो र मुटुमा समेत असर पुग्‍न सक्छ। त्यसैगरी, वयस्क मानिसमा पनि घुर्ने समस्या निरन्तर भइरहेमा समस्या देखिने हुन्छ।

अक्सिजनको कमीले फोक्सोमा असर गर्ने, फोक्सोले राम्रोसँग काम नगर्दा यसको असर मुटुमा हुने र सँगसँगै यसको असर दिमाग र पूरै जीवनमा नै पर्न सक्छ। काम गर्ने मानिसहरू राम्रोसँग निद्रा नपुग्दा काम गरेको बेलामा निदाउने हुन्छन्। स-साना कुरामा झर्को लाग्‍ने, प्रेसरको समस्या आउने सम्भावना हुन्छ। कहिलेकाहीं निद्रामा घुर्नु सामान्य नै हो। तर, नियमित घुर्ने बानी पर्‍यो भने जाँच गराउनुपर्छ।

लक्षण

घुर्नु नै यसको लक्षण हो। तर, यससँग सम्बन्धित लक्षण अरू पनि छन्। कहिलेकाहीँ घुर्दाघुर्दै सास रोकिने र एकछिनपछि आत्तिएर उठ्ने हुन्छ। यो साना तथा ठूला व्यक्ति दुवैमा हुन्छ। त्यसैगरी, बिहान उठ्दा मुड फ्रेस नहुने, जता बस्यो त्यतै निदाउने, काम गर्न मन नलाग्‍ने वा बिग्रँदै जाने, प्रेसर बढ्ने, सास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिन सक्छन्।

के गर्ने ?

नियमित घुर्ने समस्या छ भने चिकित्सकको सल्लाहमा उपचार थाल्नुपर्छ। यो रोग लागेकाहरूलाई इन्डोस्कोपी गरेर छाती तथा मुटुको जाँच गर्ने गरिन्छ। सुतेको बेलामा कस्तो समस्या आउँछ भनेर अस्पतालमा मेसिन लगाएर रातभर प्रविधिमार्फत जाँच पनि गरिन्छ।सामान्य वा जटिल कस्तो अवस्थाको समस्या छ भनेर पत्ता लगाइन्छ। त्यसअनुसार उपचार गरिन्छ। यो समस्या भएकाहरूले नियमित व्यायाम गर्नु राम्रो हुन्छ।

(त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ डा. त्रिपाठीसँग कुराकानीमा आधारित)

शनिबार, फागुन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.