काठमाडौँ । सता गठबन्धन दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएसँगै पार्टीभित्र चर्को बहसका बीच आजदेनि बैठक सुरु भएको हो ।
Advertisement
काठमाडौँको राष्ट्रियसभा गृहमा जारी बैठकमा श्रद्धाञ्जलि, रिर्पोटिङ दिइने छ । यसैगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका बारेमा बैठकमा जानकारी गराएका छन् ।
त्यसपछि सांगठानिक एजेण्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनबारे छलफल गरिने छ । कार्य विभाजनसँगै स्थानीय चुनाव केन्द्रीत एजेण्डामा पनि बैठकमा छलफल हुने कार्यसूची तय भएको छ ।
एजेण्डाको अन्तिम ६ नम्बरमा विविध विषय राखिएको छ ।