Advertisement
युक्रेन-रुस सीमाको युक्रेनी शहर मारियुपोलमा रुसी सेनाले भीषण आक्रमण गरेको छ। आक्रमणका कारण उक्त शहरमा ठूलो संख्यामा हताहति भएको आशंका अधिकारीहरूले गरेका छन्।
रुसी सेना मारियुपोलमा लगातार बमबारी गरिरहेको छ। उक्त शहरका उपमेयर सेर्गेई ओरलोभका अनुसार त्यहाँ एक लाख हजार नागरिकको बसोबास छ। बमबारीमा शहरी क्षेत्रमा ठूलो क्षति पुगेको उनले जानकारी दिए।
‘हालसम्म कति हताहति भयो भन्ने कुनै यकिन छैन। हामीले शव उठाउन जान पनि पाएका छैनौँ,’ उनले भने, ‘रुसी सैनिकले हरप्रकारका हतियार प्रयोग गरिरहेका छन्। तोप, मल्टिपल रकेट लन्चिङ सिस्टम, जहाज र रकेटबाट आक्रमण गरिरहेका छन्। पूरै शहर ध्वस्त बनाउन रुसी सैनिक उद्यत छन्।’ उनका अनुसार शहरलाई चारैतिरबाट घेरेर रुसी सैनिकले आक्रमण गरिरहेका छन्।