काठमाडौं- काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा सोमबार शंकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको घटनामा संलग्न रहेको अभियोगमा चावाहिल बस्ने काभ्रेपलाञ्चोक भुम्लो गाउँपालिका-२ सिमथली घर भएका २१ वर्षीय सुवास महतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
जनमानसमा भय त्रास सिर्जना गरी आतंकित बनाउने उद्देश्यले उक्त ठाउँमा शंकास्पद वस्तु राखेको घटनामा संलग्न उनलाई घटनामा प्रयोग भएको मोटरसाइकल सहित महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । उनी अनेरास्वबियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष रहेको खुल्न आएको छ ।
घटनामा प्रयोग भएको बा.प्र.०२-०३०-प ७०८५ नम्बरको मोटरसाईकल, हेल्मेट, ज्याकेट र विभिन्न कम्पनीका ४ थान मोबाइल प्रहरीले बरामद गरेको हो ।