काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेट्न नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पुगेका छन् । उनी बुधबार दिउँसो बिजुक्छेलाई भेट्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर पुगेका थिए ।
Advertisement
आजै बिहान विप्लवले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई भेटेका थिए । उक्त भेटपछि उनले बिजुक्छेसँग भेट वार्ता गरेका हुन् । भेटमा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए ।
भेटमा दुई नेताबीच नेपाली राजनीति र एमसीसीलगायतका विषयमा छलफल भएको विप्लवका सचिवालयले जनाएको छ । विप्लवले पछिल्लो समयमा राजनीतिक भेटघाटलाई तीव्र पारिरहेका छन् ।