• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रुसविरुद्ध आक्रामक अमेरिका : युक्रेनमा सेना नपठाउने तर रुसमाथि एकपछि अर्को कडा प्रतिबन्ध


बुधबार, फागुन १८, २०७८ मा प्रकाशित

Advertisement

युक्रेनमाथि आक्रमण गरेको विरुद्ध रुसप्रति अमेरिका आक्रामक देखिएको छ। रुसबाट हुने सबै उडानमा अमेरिकाले प्रतिबन्ध लगाएको छ। साथमा, युक्रेनलाई ३५ करोड डलरका हतियार पठाउने भएको छ।

मंगलबार राति अमेरिकी संसदलाई सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले उक्त घोषणा गरेका हुन्। बाइडेनले युक्रेनलाई ५.४ करोड डलरको मानवीय सहायता घोषणा पनि गरे।

यस्तै, अमेरिकाले रुसका बैंकहरूलाई विश्वव्यापी स्विफ्ट म्यासेजिङ प्रणालीबाट पनि हटाएको छ। त्यसबाट रुसी केन्द्रीय बैंकलाई आफ्नो मुद्रा रुबेलको मूल्यमा तीव्र गिरावटको संकट सामना गर्नुपरेको छ।

यस्तै, रुसको कुलीनतन्त्रका सदस्य र समर्थकहरूको अमेरिकामा रहेको सम्पत्ति जफत गर्ने घोषणा पनि अमेरिकाले गरेको छ। त्यसका लागि ट्रान्स एटलान्टिक टास्क फोर्समा अमेरिका सामेल भएको छ।

रुसी विमानहरूलाई अमेरिकी हवाई क्षेत्रमा पूर्ण प्रतिबन्ध लगाइएको छ। त्यसमा कमर्सियल मात्र नभई रुसका निजी विमान पनि अमेरिकी आकाशमा प्रवेश गर्न नपाउने भएका छन्। राष्ट्रपति बाइडेनले युक्रेनलाई मानवीय सहायतका लागि ६.४ अर्ब डलर थप उपलब्ध गराउने प्रस्ताव संसद सामु गरेका छन्।

रुसमाथि धमाधम प्रतिबन्धका बावजुद अमेरिकाले युक्रेनमा आफ्नो सेना भने नपठाउने भएको छ।

रुसलाई विश्व समुदायबाट पूर्ण रूपमा अलगथलग बनाउने रणनीतिमा अमेरिका देखिएको छ, जसका कारण रुसी अर्थतन्त्र धरासायी बन्ने सम्भावना छ। हालसम्म रुसी मुद्रा रुबेलको मूल्यमा ३० देखि ४० प्रतिशतसम्म गिरावट आइसकेको छ।

राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई युक्रेनका नागरिकबाट प्रेरणा लिन आग्रह गरे। ‘पुटिनले ट्यांकहरूबाट युक्रेनको राजधानी किभलाई घेर्न सक्छन् तर उनले युक्रेनी नागरिकको दिल जित्न सक्दैनन्,’ उनले भने।

रुसविरुद्ध पश्चिमा विश्व एकजुट रहेको सन्देश बाइडेनले सम्बोधनका क्रममा दिन खोजे। ‘कुनै तानाशाह जबसम्म आफ्नो आक्रमणको चर्को मूल्य चुकाउँदैन, तबसम्म अराजकता पैदा गरिरहन्छ,’ बाइडेनले भने, ‘हामीले सबै संकटबाट पार भएको देख्नेछौँ। र, इतिहासमा लेखिने छ, युक्रेनविरुद्ध आक्रमण गरेको रुस धेरै कमजोर अनि त्यसबाहेकको विश्व अझ बलियो भएको हुनेछ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र दुनियाँको अमनचयन भंग गर्न खोजेको उल्लेख गर्दै बाइडेनले भने, ‘उनले सोचे आफ्नो खतरनाक तरिकाबाट सारा संसारलाई झुकाउन सक्छु। तर, उनको त्यो गलत आकलन थियो।’

बुधबार, फागुन १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.