युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको रुसमा एप्पल कम्पनीले आफ्ना सबै उत्पादन बिक्री गर्न प्रतिबन्ध लगाएको छ।
रुसमाथि प्रतिबन्ध घोषणा गर्ने एप्पल अर्को बहुराष्ट्रिय कम्पनी बनेको छ। यसअघि ऊर्जा कम्पनी एक्सानमाबिलले रुसमा आफ्नो काम बन्द गर्ने र आफ्नो लगानी रोक्ने घोषणा गरेको थियो।
आईफोनको निर्माता कम्पनी एप्पलले युक्रेनमाथि आक्रमण गरेकाले रुसमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको जनाएको छ। एप्पलले आफ्नो नक्सा र अन्य सेवा पनि सीमित गर्ने घोषणा गरेको छ।
यस्तै, गुगलले रुसको सरकारी सहायताप्राप्त मिडिया आरटीलाई आफ्नो फिचर्सबाट हटाइदिएको छ। समाचार एजेन्सी आरआईएका अनुसार रुसको वीटीबी बैंकजस्ता एप अब एप्पलको आईओएस अपरेटिङ प्रणालीमा रुसी भाषामा चल्ने छैन।
एप्पले युक्रेनमा एप्पल म्याप्समा युक्रेनी नागरिकको सुरक्षा खातिर ट्राफिक र लाइभ इन्सिडेन्ट्सलाई डिसेबल्ड गरिदिएको छ।