काठमाडौं- काठमाडौं बुढानीलकण्ठ नगरपालिका-५ दुलाल गाउँस्थित सडक किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी औरही नगरपालिका-४ कठुधारस्थित सडकमा गौशाला नगरपालिका-४ रजखोर बस्ने ५० वर्षीय जोगिन्दर साह सोमबार मृत अवस्थामा फेला परेका छन् ।
झापा झापा गाउँपालिका-२ सडकबारीस्थित सडकमा पानी जमेको कलभटमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुनसरी धरान उपमहानगरपालिका-१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड लजमा गत आइतबार देखि बस्दै आएकी पाँचथर मिक्लाजुङ गाउँपालिका-१ सारङ डाँडा बस्ने ३९ वर्षीया सुमित्रा तामाङको शव मंगलबार फेला परेको छ ।
यसैगरी सुनसरी धरान उपमहानगरपालिका-४ भेडेटारस्थित कोशी राजमार्गको नालीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।