• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : वृष- हिम्मत बढ्ने, सिंह- विजय


बिहिबार, पुष १२, २०८० मा प्रकाशित

मेष- खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्‍ने देखिन्छ। भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ। चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्‍न गर्दा सहयोगीका माध्यमबाट फाइदा लिन सकिनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।

Advertisement

वृष- प्रेम प्रसंग अघि बढ्दा पढाइमा केही कमी हुन सक्ने भएकाले संयम अपनाउनु होला। निको भइसकेको रोगले पुनः सताउने देखिन्छ। लामो समयदेखि रोकिएको काम बन्‍नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ।

मिथुन- अरूको विश्‍वास सजिलै जित्‍न सकिनेछ। बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ। हातमा आएको प्रतिफल गुम्‍न सक्छ। अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। धैर्यले काम लिने समय छ। टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ।

कर्कट- नयाँ कामहरू पाउने योग छ। शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय अनुकूल रहनेछ। वैदेशिक कार्यहरू सहज भएर जानेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। सामान्य आम्दानी भइरहनेछ।

सिंह- उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्‍न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पति-पत्‍नीमा अविश्‍वास बढ्ने योग छ। व्यावसायिक यात्राको सम्भावना छ।

कन्या- लेनदेनमा विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। विभिन्‍न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका कामसमेत सम्पादन हुनेछन्। परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ।

तुला- विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्‍ठा पाइनेछ। दिन सामान्य रहला। गरिआएका काम र व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।

वृश्‍चिक- विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ। पति-पत्‍नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ। समुदायको हकहित संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। मौकाको फाइदा लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ।

धनु- सोचेको समयमा काम  सम्पादन गर्न नसकिएला। आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्‍ठा कमाउने बेला छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्‍ठित काम सम्पादन गर्ने मौका छ।

मकर- आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन्। भुलेका मित्रहरूले सम्झनेछन् तर कसैसँग झगडा हुन सक्छ। विद्यार्थीहरूका लागि दिन राम्रो छ। अरूको विश्‍वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ।

कुम्भ- आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ। सहयोगीहरू टाढिन सक्छन्। गोपनीयतामा विशेष ध्यान पुर्‍याउनुहोला। आश मारेको काम बन्‍नाले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्‍न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। महत्त्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि-चौपायाबाट लाभ मिल्नेछ।

मीन- कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। काममा लगनशील बन्‍न नसक्दा अरूले आलोचना गर्न सक्छन्। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

बिहिबार, पुष १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.