काठमाडौं- नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को केन्द्रिय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि डा.हरिबहादुर दर्लामी नेतृत्वको लोकतान्त्रिक समूहले उम्मेदवारी घोषणा गरेको छ ।
एन्जिनियरहरुको छाता संगठन नेइएको ३३ औं केन्द्रिय कार्यकारिणी समिति र प्रदेशहरुको निर्वाचन आगामी फागुन २७ गते हुँदैछ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्निनियर्स सिडेनले दर्लामी नेतृत्वको समूहलाई अघि सारेको हो ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक रहेका दर्लामी नेतृत्वको सिडेनको समुहबाट उपाध्यक्षमा डा.नारायणप्रसाद अधिकारी, महासचिवमा रविभूषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दिपक अधिकारी उमेदवार छन् ।‘इञ्जिनियरहरुको सम्मान, पेशागत सुरक्षा, इन्जिनियरहरुको अलग्गै प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नका लागि एसोसियसनमा हाम्रो नेतृत्व जरुरी छ,’ अध्यक्षका उमेदवार दर्लामीले भने, ‘अहिलेको कार्यसमितिले इन्जिनियरहरुका समस्यामा कति काम गर्यो ? जगजाहेर छ । नेइएमा सिडेनको नेतृत्व हुँदा भएका काम पनि सबैलाई थाहा छ । हामी इन्जिनियरहरुको पेशागत क्षमतासँगै नेइएको संस्थागत विकासका लागि प्रतिबद्व छौं ।’ दर्लामी नेतृत्वको समितिको सदस्यमा सुरज चापागाईं, सागर भट्टराई, विनोद बहादुर पाल, कुशलता न्यौपाने, अनुपम पराजुली, निशान नेपाल, ईश्वर पोख्रेल, मनिष मल्लिक, अशेष निरौला, हरिनारायण राय यादव, खुमबहादुर भण्डारी र विद्या बराल उमेदवार छन् ।
त्यस्तै, नेपाल ईन्जिनियरिङ परिषद्का सदस्यमा होमनाथ पोखरेल, पोषण थापा, राजन लामा, भरत रेग्मी र हरिराम दुवाडी उमेदवार छन् । बाग्मतीमा पौडेल नेतृत्वमा टिम सिडेनले बाग्मती प्रदेशको कार्यकारिणी समितिका लागि इन्जिनियर रोहिणी पौडेललाई सभापतिमा अघि सारेको छ । क्षमतावान र उर्जाशिल पौडेल नेतृत्वको समितिको उपाध्यक्षमा सुरेन्द्र कैनी, सचिवमा दिनेश न्यौपाने, सहसचिवमा डा.विजय थापा र कोषाध्यक्षमा विपिन भुषाल छन् ।
त्यस्तै, सदस्यहरुमा ओशन थापा मगर, प्रमोद महत, प्रल्हाद बस्नेत, रोहित पौडेल, चिरञ्जिवी खतिवडा, वृजेश सिंह, गौरव पौडेल,दिराज थापा, राकेश भट्टराई र प्रविण क्षेत्री छन् । ‘नेइएमा काम गरेर रुपान्तरणको पक्षमा हामी छौं । त्यसैले हाम्रो उर्जाशिल युवा टिमलाई जिताउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं,’ अध्यक्षका उमेदवार पौडेलले भने । बाग्मती प्रदेश नेइएको सबैभन्दा धेरै सदस्य भएको प्रदेश हो । त्यस्तै बाग्मती बाट केन्द्रिय सदस्यमा सुव्रत अर्याल उमेदवार छन् ।