Advertisement
भारतमा आगामी जुन र अक्टोबरमा कोभिड-१९ को चौथो लहरको चेतावनी विज्ञहरूले दिएका छन्।
आईआईटी–कानपुरका अनुसन्धानकर्ताहरूले यस्तो चेतावनी दिएको ‘द प्रिन्ट डट इन’ले उल्लेख गरेको छ।
२४ फेब्रुअरीमा ‘मेडआरएक्सआईभी’मा अपलोड गरिएको अनुसन्धान रिपोर्टअनुसार अघिल्लो लहरको तथ्यांकका आधारमा आगामी लहरको भविष्यवाणी गरिएको छ।
‘मेडआरएक्सआईभी’ स्वास्थ्य विज्ञानसम्बन्धी प्रिप्रिन्ट सर्भर हो। अनुसन्धानकर्ताहरूले १५-३१ अगस्टबीचमा महामारीको चौथो लहरको उच्चतम विन्दु हुन सक्ने चेतावनी पनि दिएका छन्।
कोभिड-१९ को तेस्रो लहर नियन्त्रणमा आइरहँदा विज्ञहरूले चौथो लहरको चेतावनी जारी गरेका हुन्। उनीहरूले अहिलेदेखि नै स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिए चौथो लहर त्यति घातक नहुन सक्ने पनि बताएका छन्।