Advertisement
अमेरिकी मिलेनियम कम्प्याक्ट (एमसीसी) संघीय संसदबाट पारित भएपछि राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्ता गठबन्धनबाट अलग भएको छ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्तिमार्फत सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेका हुन्। गठबन्धनमा सहभागी चार दलले जालझेल र तिकडम गर्दै एमसीसी पारित गरेको केसीको आरोप छ। र, उनले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकविरुद्ध खडा भएको दाबी पनि गरेका छन्।
एमसीसीविरुद्ध संघर्ष जारी रहेको बताउँदै केसीले आन्दोलन अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९ देखि २२ सम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरका विरोध सभा गर्ने बताएको छ।