काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।