• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

च्याउ टिप्न घरबाट निस्किएका युवक सातादेखि बेपत्ता

आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?

विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु


सोमबार, फागुन १६, २०७८ मा प्रकाशित

काठमाडौं- झापा, धनकुटा, पाल्पा, पर्वत, दाङ, मोरङ र रूपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सावरी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

Advertisement

झापा अर्जुनधारा नगरपालिका-९ स्थित भित्री सडकमा को.९ प १७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय राजेन्द्र थापाको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटा पाख्रिवास नगरपालिका-६ फलाटेस्थित भित्री सडकमा को.२ त ७११ नम्बरको ट्याक्टर ब्रेक फेल भई पल्टिएर आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय बम बहादुर राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पाल्पा रम्भा गाउँपालिका-१ फडीयार खोलास्थित सडकमा लु.७ प ५०४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-१ असर्दी बस्ने १७ वर्षीय सन्दिप न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पर्वत कुश्मा नगरपालिका-८ परादीस्थित सडकमा बा.१० च ४३७२ नम्बरको कार आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा कारमा सवार पुगलीबजार नगरपालिका-१ बस्ने ४ वर्षीय आरम्भ कोइरालाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारका चालक समेत ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरातर्फ पठाइएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासस्थित सडकमा बा.३ ख ८६४३ नम्बरको हाईस र हाल नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र हाईसमा सवार २ गरी ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । हाईस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलको ट्याङ्की अचानक पड्किएर आगलागी समेत हुँदा दुवै सवारी साधन पूर्णरूपमा जलेर क्षति भएको छ । प्रहरीले दमकल तथा स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।

यसैगरी दाङ तुलसीपुर उमहानगरपालिका-१८ डाँडागाउँस्थित सडकमा लु.१ च ६२८९ नम्बरको पिकअप र रा.५ प ९०६६ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगपालिका-१७ फोर्टीनाईन चोक बस्ने २५ वर्षीय तारा बहादुर केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका-६ ओमशान्तिहल नजिक रा.५ प ४४९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिद्युतको पोलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-६ हात्तिखौवा बस्ने ३० वर्षीय मोहन सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोरङ बिराटनगर महानगरपालिका-३ स्थित सडकमा को.१४ प ९४५८ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिजुलीको पोलमा आइतबार राति ठक्कर खाँदा स्कुटर चालक बिराटनगर महानगरपालिका-३ डेरा गरी बस्ने सप्तरी घर भएका ३६ वर्षीय हरि भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो ।

रूपन्देही तिलोत्तमा नगरपालिका-१३ स्थित भित्री सडकमा लु.४५ प ९९६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१४ टिकुलिगड बस्ने ४६ वर्षीय ऋषिराम पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।       

सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

च्याउ टिप्न घरबाट निस्किएका युवक सातादेखि बेपत्ता
आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?
विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार
राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा
सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

भर्खरै

  • १.
    च्याउ टिप्न घरबाट निस्किएका युवक सातादेखि बेपत्ता

  • २.
    आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?

  • ३.
    विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

  • ४.
    राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ५.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • ६.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ७.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ८.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.