• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : कन्या- आतिथ्य, वृश्‍चिक- रोजगारी प्राप्ति


शनिबार, पुष ०७, २०८० मा प्रकाशित

मेष- विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ। खर्च बढ्नाले समस्या उत्पन्‍न हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकका आफन्त टाढिन सक्छन्।

Advertisement

वृष- नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्‍ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ। पठनपाठनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ। तपाईंको विचारलाई धेरैले मन पराउनेछन्। नाता गाँस्‍नेहरूले केही दुःख दिनेछन्। रोकिएका काममा दोहोर्‍याएर प्रयास गर्दा फाइदा हुनेछ।

मिथुन- खर्च लागे पनि भविष्‍यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्‍न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। पहिलेको उपलब्धीले काममा उत्साह जगाउनेछ। पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्।

कर्कट- चोटपटकको योग देखिएकाले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा सचेत रहनुहोला। बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ। गोपनीयतामा ध्यान दिनुहोला। सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। ईर्ष्‍या गर्नेहरूले फसाउन सक्छन्।

सिंह- आफन्तजनको सहयोगले विशेष फाइदा होला। नोकरी प्राप्ति वा पदोन्‍नतिको सम्भावना छ। खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्‍टा गर्नुहोला। बलजफ्तीले काम बिग्रन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। विवादले मन खिन्‍न तुल्याउन सक्छ। विभिन्‍न अवसर प्राप्त हुनेछन्।

कन्या- भौतिक साधन जुटाउन सकिनेछ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। मिहिनेतले नाम, दाम र इनाम हात पार्न सकिनेछ। व्यावहारिक झमेला आइलाग्न सक्छन्। तर, अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्‍नाले उत्साह जाग्नेछ।

तुला- नयाँ व्यापार-व्यवसाय विस्तार हुनेछ। आध्यात्मिक कार्यमा खर्च गरिनेछ। अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्‍ठा दिलाउनेछ। दीगो आम्दानी हुने काम शुरु गर्ने मौका छ। इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्‍य प्राप्त गर्न सकिनेछ। पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्‍न परिकारको आनन्द लिन पाइनेछ।

वृश्‍चिक- सञ्‍चित धनको हानी नोक्सानी हुने कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ। विश्‍वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन्। परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला।

धनु- सामाजिक प्रतिष्‍ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला। परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्। बोलीकै भरमा काम सम्पादन गर्ने समय छ। प्रेम र मित्रताको गाँठो कसिन सक्छ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्‍न गर्न सक्छन्।

मकर- व्यापारबाट सोचेभन्दा बढी लाभ हुनेछ। नयाँ कार्ययोजना बन्‍ने र नयाँ कामको शुरुवातसमेत हुनेछ। काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कुम्भ- वैदेशिक व्यापार सन्तोषजनक रहने छ। खर्च बढ्ने र कामकाजमा अवरोध हुनेछ। हिम्मतले काम लिने समय छ। पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ। मित्रहरूको सञ्‍जाल फराकिलो हुनुका साथै प्रेमको गाँठोसमेत कसिन सक्छ। अरूको भावना बुझ्‍ने चेष्‍टा गर्नुहोला।

मीन- महत्त्वपूर्ण काममा सफलता मिल्नाले आकस्मिक धनलाभ हुनेछ। पढाइमा रुचि बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्‍याउनु होला। मिहिनेत गर्दा पढाइलेखाइमा प्रगति हुने समय छ।

शनिबार, पुष ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.