Advertisement
मन्त्रिपरिषद् बैठकले एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ। एमसिसीमाथि व्याख्यात्मक प्रस्ताव पारित गरेर मन्त्रिपरिषद्को बैठक सकिएको छ।
मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा पेस गर्नेछन्।
यसअघि सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी संसदबाट पास गर्ने निर्णय गरेको थियो।