Advertisement
प्रमुख विपक्षी दल एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ता गठबन्धन दलका सदस्यहरूलाई सिस्नुपानी लगाएको टिप्पणी गरेका छन्।
काठमाडौंबाहिर रहेका भट्टराईले प्रतिनिधिसभा बैठकको लाइभ प्रसारण हेरेपछि सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।
‘प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका बक्ताहरुले गठबन्धन दलका सदस्यहरूलाई सिस्नुपानीले ओर्काइफर्काइ चुटेको चुट्यै गर्दा उहाँहरू चाहीँ भिजेको बिरालोजस्तै उँधो मुण्टो गरेर बसेको दृष्य टिभीको प्रत्यक्ष प्रसारण मार्फत सबैले हेर्न पाएँ,’ उनले लेखेका छन्, ‘सत्ता र स्वार्थको बाध्यता !’