• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

अझै कायम छ धामी-झाँक्री प्रथा


बुधबार, पुष ०४, २०८० मा प्रकाशित

रामेछाप– जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी-झाँक्रीप्रति अझै विश्वास कायमै छ। बच्चाहरू रोइराख्यो भने गाउँका धामी-झाँक्री वा बूढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी-झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा अझै पनि कायमै छ।

Advertisement

गाउँमा स्वास्थ्य चौकी, पालिकामा पालिकास्तरीय अस्पताल र जिल्ला अस्पतालमा पनि निको नभएका बिरामी धामी-झाँक्रीले निको पार्ने गरेको भन्दै उनीहरूप्रतिको विश्वास बढेको हो। अस्पतालमाम ठूलो धनराशि खर्च गरेर उपचार गराउँदा पनि बिरामीलाई निको नभएपछि निराश भएका बिरामीका आफन्त अन्तिम विकल्पका रूपमा तान्त्रिककामा उपचारका लागि पुग्ने गर्छन्।

अस्पताल, औषधि र आधुनिक प्रविधिको उच्चतम प्रयोग भइराखेको अहिलेको परिवेशमा पनि धामीझाँक्रीमा विश्वास गरेर कैयौँ बिरामी उपचारका लागि पुग्ने गर्दछन्। लिखु तामाकोशी गाउँपालिका-७ निवासी प्रतीक बोहरा व्यावसायिक धामी-झाँक्री हुन्। आफ्ना जुजुबाजे, बाजे र बुवा सबैले यही काम गरेका र आफ्नो शरीरमा पनि सानै उमेरदेखि झाँक्री चढेकाले यही पेसा गर्दै आएको उनले बताए। बोहोरा आफ्नो गृह वडा, पालिका र जिल्लाका साथै बेलाबेलामा काठमाडौंको स्वयम्भू कारखाना चोकमा धामी-झाँक्री आश्रममा बसेर सेवा पुर्‍याउँदै आएका छन्।

उनी भन्छन्, “काम्ने, छोप्ने र एक्कासी बेहोस भएर ढल्ने बिरामी आउनुहुन्छ, उहाँहरूको सेवाभावले उपचार गर्ने हो।” बोहोराका अनुसार धामी-झाँक्री र माताको नाममा मनपरी शुल्क लिएर सर्वसाधारणलाई ठग्ने प्रचलन गतल हो यस्ता गतिविधि गर्नेलाई राज्यले कानुनी दायरामा ल्याउनुपर्छ।

यसरी ठगी गर्नेको पहिचान गर्न नेपाल झाँक्री सङ्घले अनुगमन टोली बनाएको पनि उनले बताए। परम्परा र संस्कार संरक्षणका लागि यो काम गर्नुपर्नेमा बोहोरा जोड दिन्छन्। उनी धामी, झाँक्री र माताले मनपरी शुल्क लिने गरेको र यसखाले ठगी नियन्त्रणका लागि धामी-झाँक्री सङ्घको अनुगमन टोली बेलाबेलामा आउनुपर्नेमा जोड दिन्छन्।

“यो व्यवसाय होइन, संस्कारका रूपमा विकास हुनुपर्छ”, बोहरा भन्छन्। विकृतिका रूपमा फैलिँदै गएको धामी-झाँक्रीको साखमाथि असर पर्ने काम गर्नेहरूलाई नियमनका लागि पनि देशैभरका झाँक्रीलाई एउटै संस्थामा ल्याउनुपर्ने उनले बताए। पहिले कुन जमिनमा घर बनाउँदा राम्रो हुने, कतापट्टि फर्काउने, मूलढोका कता राख्ने र प्रकृति पूजनको सबै काम र त्यसको शुभसाइत झाँक्रीले नै गर्ने गरेको बोहोरा बताउँछन्।

मानवीय विकाससँगै अस्पतालबाट गरिने उपचारलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै उनी सकेसम्म बिरामीको निःशुल्क सेवा गर्न झाँक्रीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिन्छन्। अस्पताल धाउँदाधाउँदै निको नभएका बिरामी पनि आफूले तान्त्रिक विधिबाट उपचार गरेर निको पारेको मन्थली नपा वडा नं ७ का तान्त्रिक विशेषज्ञ केदारप्रसाद ढुङ्गेल बताउँछन्।

बुधबार, पुष ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.