विरगंज– भन्सार छलेर नेपाल भित्र्याई अनाधिकृत रुपमा प्रयोग भइरहेको भारतीय बोलेरो एम्बुलेन्स गाडीसहित चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
Advertisement
पक्राउ पर्नेमा भारत विहारको पुर्वी चम्पारण पलनवा बहुअर्वा बस्ने ३० वर्षीय महमद नेजामुदिन छन्। उनलाई बीआर १ एपी ५२९१ नम्बरको भारतीय बोलेरो (स्वरूप परिवर्तन गरी स्कारपियो गाडीको पार्टसहरू लगाएको विना भन्सारको एम्वुलेन्स)सहित विरगंजको तराई अस्पताल अगाडीबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उक्त बोलेरो एम्बुलेन्सलाई चार लाख मूल्याङ्कन गरी थप अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्सामा प्रवक्ता प्रहरी नायब निरिक्षक कुमार विक्रम थापाले बताए।