मेष- व्यापारमा सुधार आउनेछ। यात्राको क्रममा लाभ मिल्नेछ। सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ। टाढाको यात्रा गर्ने अवसर आउला। दिन सामान्य नै छ। पठनपाठन सामान्य रहला। फुर्सदिलो समय छ।
वृष- स्वास्थ्यमा अचानक गडबडी हुन सक्छ। उपचारमा खर्च हुन सक्छ। धेरै श्रम गरे पनि कामको कम मूल्यांकन हुनेछ। भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला। हतारको निर्णयले काम बिग्रन सक्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ।
मिथुन- पढाइमा सफलता पाउने योग छ। आफन्तको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ। खर्च बढ्ने र स्वास्थ्य कमजोर भई काममा अवरोध आउनेछ। कुरा काटनेहरू बढ्नेछन्। नयाँ र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ।
कर्कट- आज खर्चभन्दा कमाइ नै बढी हुने योग छ। छरछिमेकबाट सहयोग प्राप्त होला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। काम र व्यापारमा पनि फाइदा हुनेछ। सोच्ने शक्ति बढ्ने छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्ने छन्। अन्न र धनको पनि वृद्धि हुनेछ।
सिंह- नयाँ तथा थालेका कामहरू सहजै बन्न सक्ने दिन छ। काममा मन जानेछ। चिताएका काम सहजै बन्लान्। आर्थिक लगानी बढाउन अनुकूल समय छ। नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ। परिश्रमले धेरै काम बन्नेछन्। धन पनि मनग्य कमाउनु होला। आजको दिन भाग्य बलियो देखिन्छ।
कन्या- आगो र हतियारबाट सावधान रहनु होला। कुरा काट्नेहरू पनि सक्रिय रहने छन्। पति-पत्नीबीच घरसल्लाह नमिल्न सक्छ। साथै, आर्थिक संकट पनि होला। अनावश्यक रूपमा कसैसँग झगडा हुन सक्छ। यात्रामा पनि सावधान रहनु होला।
तुला- जागिरमा अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ। कसैबाट अपमानित पनि भइएला। कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला क्षेत्रमा रुचि बढ्नेछ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। मित्रले प्रशंसा गर्नेछन्। नसोचेको सम्मान मिल्ने दिन छ।

वृश्चिक- अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष छाउला। पढाइमा भने खासै प्रगति हुने छैन। कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्नता मिल्ने दिन छ। आफन्तसँग भेटघाट होला। अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ।
धनु- अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। कुरा काट्नेहरूको मुख बन्द हुनेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक तथा व्यापारिक कामकाजमा फाइदा होला। व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ।
मकर- भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। मनमा पीडाले डेरा जमाई शरीरमा रोग लाग्न सक्छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ। बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला। निको भएको रोगले पुनः सताउन सक्छ।
कुम्भ- महत्त्वपूर्ण काम धेरै बन्नेछन्। लगनशीलता र इमानदारिताको प्रशंसा गर्नेहरू पाइएलान्। मनमा शान्ति छाउनेछ। परिवारसँग आत्मीयता बढ्नेछ। प्रेम प्रस्तावको पनि सम्भावना छ। संगीत सिक्नमा मन जाला। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। वित्तादी लाभ होला।
मीन- आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ। व्यापार, कृषि र वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ। आम्दानी बढ्न सक्छ। घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ। मिष्ठान्न भोजनको योग छ। अरूको विश्वास जित्न सजिलै सकिनेछ। धनमान पाउने योग छ। गरेको कामबाट फाइदा नै हुनेछ।