मेष- सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका कामसमेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। परिवारमा असमझदारी बढ्न सक्छ। आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ।
वृष- आँटेको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। धेरै लगानीपछि कम प्रतिफल पाइनेछ। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै सजगता अपनाउनुहोला। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ।
मिथुन- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पठन-पाठनमा प्रगति हुनेछ। काम बिग्रने डरले सताउन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ। न्यायिक, कानूनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ।
कर्कट- अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ। असावधानीले धन खर्च हुन सक्छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला।
सिंह- आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला। सरकारी कडिकडाउको शिकार भइनेछ। अनावश्यक दौडधुपमा समय बित्नेछ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ।
कन्या- विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि समस्या आउन सक्छ। आत्मीयजनसँग भेटघाट होला। रोकिएका घरेलु कामकाज विस्तारै बन्नेछन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। दोधारको अवस्था सिर्जना हुनसक्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। पुरानो रोगले पनि सताउन सक्छ।
तुला- एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। कल्पना र भावनामा केन्द्रित भइने छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला।
वृश्चिक- मनोरञ्जनमा समय व्यतित भएर जाने दिन छ, टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ। वित्तादि लाभ पनि प्राप्त होला।
धनु- गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ। व्यापार व्यवसायमा फाइदा नै होला। रचनात्मक काम शुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ।
मकर- श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ। सावधान रहनु होला। समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ।
कुम्भ- कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काममा समय बित्ने दिन छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
मीन- परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ। तीर्थाटनको अवसर प्राप्त हुनेछ। तपाईंको विचारलाइ धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ। विभिन्न उपहार प्राप्त हुने समय छ।