हिमाल राई
प्रेस चौतारी नेपाल, बराहक्षेत्र नगर कमिटीको अध्यक्षमा लक्ष्मण कटुवाल चयन भएका छन्। बराहक्षेत्र –५ को ब्लु स्काई पार्टी प्यालेसमा भएको तेस्रो अधिवेशनले कटुवाललाई अध्यक्ष तोकेको हो।
उनी बराह अनलाइन डटकमको भरौल संवाददाता, सुनसरी एफएमको कार्यक्रम सञ्चालक र कोशी पत्रको रिपोर्टर हुन्।
यस्तै, राजन घिमिरे र गंगाकुमारी भट्टराई उपाध्यक्षमा चयन भएका छन्। सचिवमा सुदन गुरागाईं, सहसचिवमा कमल खड्का, समावेशी सहसचिवमा भूमिका रसाइली, कोषाध्यक्षमा आदेश गौतम र सदस्यहरूमा खड्ग लिम्बू, हरिबहादुर बस्नेत, सृजना थापा, रमेश थापा, रेणुका घिमिरे र विश्व थुलुङ राई चयन भएका छन्। सल्लाहकारहरूमा अर्जुन श्रेष्ठ, सुमन बिकल, नवराज बिष्ट र प्रदीपकुमार चौधरी मनोनित भएका छन्।
प्रेस चौतारी, बराहक्षेत्रकी निवर्तमान अध्यक्ष विमला घिमिरेको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी उपाध्यक्ष लीलाराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा पत्रकारहरू भीषण राई, अविजाल बिष्ट र केशव घिमिरेलाई पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ।